१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

३९ वर्षको उमेरमा वैवाहिक जीवनमा बाँधिए चर्चित कलाकार बुद्दि तामाङ



काठमाडौं । चर्चित कलाकार बुद्दि तामाङ वैवाहिक जीवनमा बाँधिएका छन् । मकवानपुरकी अनु थिङ तामाङसँग उनले लगनगाँठो कसेका हुन् । शुक्रवार कौशलटारको एक पार्टी प्यालेसमा उनीहरुको विवाह समारोह चलिरहेको छ । विवाहमा दुई पक्षका परिवारका साथै बुद्दिका नजिकका फिल्मकर्मीहरुको पनि उपस्थिति छ । ३९ वर्षको उमेरमा दुलहा बनेका बुद्धिको अनुसँग मागी बिहे हो । 

उनीहरुको विवाह तामाङ परम्पराअनुसार भइरहेको छ । ३० वर्षीया अनु थिङ अहिले अध्ययनरत छिन् । परिवारको माध्यमबाट बुद्दि र अनुको भेट भएको हो । बुद्दिले लामो समयदेखि मिडिया र फिल्मकर्मीबाट विवाह कहिले गर्ने भन्ने प्रश्नको सामना गर्दै आएका थिए । अब, उनी यो प्रश्नबाट मुक्त भएका छन् । अभिनयमा पारंगत मानिने बुद्दि ‘हैट’ उपनामले दर्शकमाझ चर्चित छन् ।

हाँस्य कलाकार केदार घिमिरे, रंगकर्मी तथा निर्देशक अनुप बराल, कलाकार विजय बराल, निर्माता-निर्देशक अशोक शर्मालगायत बुद्दिको विवाहमा जन्ती गएका थिए । बुद्दिले ‘छक्का पञ्जा’ र ‘कबड्डी’ सिरिजसँगै ‘मन्त्र’, ‘घामपानी’, ‘नाई नभन्नु ल’, ‘वीर विक्रम’, ‘कृष्ण लीला’ लगायत तीन दर्जन बढी फिल्ममा अभिनय गरिसकेका छन् । अझै उनका दर्जनौं फिल्म प्रदर्शनको पखाईमा छन् ।


प्रतिक्रिया दिनुहोस !