१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

आफ्नी आमाको हत्या गर्ने हलिउड अभिनेता ग्रान्थमलाई आजीवन जेल सजाय



एजेन्सी । हलिउड अभिनेता रायन ग्रान्थमलाई आमाको हत्या गरेको आरोपमा आजीवन कारावासको सजाय सुनाइएको छ । रायनले नेटफ्लिक्सको प्रसिद्ध शो Riverdale मा आफ्नो पहिचान बनाएका थिए । ६ महिनाअघि उनले अदालतमा दोष स्वीकार गरेका थिए । यसपछि उनलाई अहिले आजीवन कारावासको सजाय सुनाइएको छ । अदालतको आदेश अनुसार रायनले जीवनमा बन्दुक प्रयोग गर्न नपाउने भएका छन् । साथै उनी १४ वर्ष जेल बसेपछि पनि प्यारोलमा रिहा हुने छैनन् । अभिनेता ग्रान्थमले ६४ वर्षे आफ्नी आमाको हत्या गरेका थिए । प्रहरीका अनुसार आमाको हत्यापछि रायनले बियर र गांजा किनेका थिए ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय