१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

बुद्धिले हैट भन्दै सिन्दुर लाउनुअघि नै दुलहीलाई हँसाए



काठमाडौं । हाँस्यकलाकार बुद्धि तामाङ विवाह बन्धनमा बाँधिएका छन् । उनले आज मकवानपुरकी अनु थिङसँग तामाङ परम्पराअनुसार विवाह गरेका हुन् ।

अनुसँग केही समयदेखि प्रेम सम्बन्धमा रहेका बुद्धिले मागी बिबाह गरेका हुन् । काैशलटारकाे एक पार्टी प्यालेसमा आयोजित समारोहमा दुवै पक्षका आफन्त,साथीभाइ, इष्टमित्र लगायतको उपस्थिति रहेको छ ।

‘हैट’ थेगोले चर्चित बुद्धि पछिल्लो समय म्युजिक भिडियो,टेलिफिल्म र फिचर फिल्ममा व्यस्त छन् । आज पनि उनले सिन्दुर लाउनुअघि दुलहीलाई “हैट” भन्दै हँसाएका थिए ।


प्रतिक्रिया दिनुहोस !