१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

शताब्दी पुरुष सत्यमोहन जोशीलाई डेङ्गी संक्रमण



काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशी अस्पताल भर्ना भएका छन्। विगत केही दिनदेखि निरन्तर कमजोर महसुस हुने, खानामा अरूचि हुने जस्ता समस्या भएकाले उनी शुक्रबार किस्ट अस्पतालमा भर्ना भएका हुन्।

अस्पतालका अनुसार उनी चिकित्सकहरूको निरन्तर निगरानीमा छन्। शुक्रबार अस्पतालका चिकित्सक तथा नर्सिङ टिम उनको निवासमा पुग्दा धेरै कमजोर देखिएका र खानपिन पनि छाडेकाले त्यही टोलीले उनलाई अस्पतालको आकस्मिक कक्षमा ल्याएको थियो।

जोशीलाई विभिन्न विभाग (मेडिसिन, पल्मोनोलोजी, युरोलोजी, कार्डियोलोजी, नेफ्रोलोजी) का चिकित्सकले संयुक्त जाँच गरेको अस्पतालले जनाएको छ। ‘जोशीलाई पिसाब संक्रमण, पुरानो छाती तथा मुटुको समस्या साथै डेंगी पनि देखिएको छ,’ अस्पतालले भनेको छ।

अस्पतालका अनुसार उनलाई हाल डिलक्स क्याबिनमा सुक्ष्म निगरानीमा राखिएको छ। उनको अवस्था चिन्ताजनक देखिए पनि डराइहाल्नुपर्ने स्थिति नरहेको पल्मोनोलोजिस्ट तथा इन्टरनल मेडिसिनका विभागीय प्रमुख प्राध्यापक डाक्टर मिलेस जंगसिजापतीले बताएका छन्।


प्रतिक्रिया दिनुहोस !