१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

शेखर समूहको चेतावनी- हामीले ४० प्रतिशत टिकट नपाए देउवा पक्ष एक्लै चुनाव लडोस्



काठमाडौं । नेपाली कांग्रेसका डा। शेखर कोइराला पक्षले समानुपातिकको बन्द सूची नसच्याइए र टिकट वितरणमा एकलौटी गरिए चुनावमा भाग नलिने चेतावनी दिएको छ ।शनिवार काठमाडौंमा आयोजित कोइराला पक्षको खबरदारी भेलाको अध्यक्षता गरेका नेता तथा पूर्व सांसद जगदीश नरसिंह केसीले समानुपातिक र प्रत्यक्षतर्फको टिकटमा कम्तीमा ४० प्रतिशत नपाए आफ्नो समूह बाहिरै बस्नेत बताए ।

उनले भने– कांग्रेसमा ६०÷४० को सुरुवात शेरबहादुर देउवाले थालनी गरेको हो । उहाँले गिरिजाप्रसाद र सुशील कोइरालासँग ४० प्रतिशत लिनुभएको हो । अहिले पनि सम्मानजनक रूपले समानुपातिक र प्रत्यक्षमा टिकट नपाउने हो भने देउवा पक्ष निर्वाचनमा एक्लै लडे हुन्छ, हामी बाहिर बसेर रुख चिन्हमा भोट हाल्छौँ ।केसीले समानुपातिकको सूची नसच्याइए अर्को विकल्पका लागि तयार रहन समेत उनले चेतावनी दिए ।नेता केसीले देउवाले गठबन्धनका दलहरूलाई १८ घण्टा दिने तर पार्टीभित्रका इतर समूहका नेतालाई १८ मिनेट पनि समय नदिएको बताए ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय