१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

चालीस प्रतिशत सिट नपाए चुनावमा भाग नलिने शेखर समूहको चेतावनी



काठमाडौं । नेपाली कांग्रेसका डा. शेखर कोइराला पक्षले समानुपातिकको बन्द सूची नसच्याइए र टिकट वितरणमा एकलौटी गरिए चुनावमा भाग नलिने चेतावनी दिएको छ ।

शनिवार काठमाडौंमा आयोजित कोइराला पक्षको खबरदारी भेलाको अध्यक्षता गरेका नेता तथा पूर्व सांसद जगदीश नरसिंह केसीले समानुपातिक र प्रत्यक्षतर्फको टिकटमा कम्तीमा ४० प्रतिशत नपाए आफ्नो समूह बाहिरै बस्नेत बताए ।

उनले भने– कांग्रेसमा ६०/४० को सुरुवात शेरबहादुर देउवाले थालनी गरेको हो । उहाँले गिरिजाप्रसाद र सुशील कोइरालासँग ४० प्रतिशत लिनुभएको हो । अहिले पनि सम्मानजनक रूपले समानुपातिक र प्रत्यक्षमा टिकट नपाउने हो भने देउवा पक्ष निर्वाचनमा एक्लै लडे हुन्छ, हामी बाहिर बसेर रुख चिन्हमा भोट हाल्छौँ ।

केसीले समानुपातिकको सूची नसच्याइए अर्को विकल्पका लागि तयार रहन समेत उनले चेतावनी दिए ।

नेता केसीले देउवाले गठबन्धनका दलहरूलाई १८ घण्टा दिने तर पार्टीभित्रका इतर समूहका नेतालाई १८ मिनेट पनि समय नदिएको बताए ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय