१८ मंसिर २०७९, आईतवार
 |   Sun Dec 4 2022
Logo

सरकार र गोविन्द केसीबीच १० बुँदे सहमति, केसीले तोडे अनशन



काठमाडौँ । सरकार र १३ दिनदेखि अनशनरत डा. गोविन्द केसीबीच १० बुँदे सहमति भएको छ । सहमतिसँगै डा. केसीले अनशन तोडेको उनको सहयोगी प्रितम सुवेदीले जानकारी दिए । केसीले बिरामी अमनलाल चौधरीको हातबाट जुस पिएर अनशन तोडेका हुन् । सहमतिलाई अनुमोदनका लागि मन्त्रिपरिषद्मा पेस गर्ने समेत सम्झौता भएको छ। 

केसीका मागमध्ये धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई बर्खास्त गर्ने मागका विषयमा भने कुनै सहमति हुन सकेको छैन। उक्त मागका विषयमा निरन्तर संघर्षमा रहने केसी पक्षले जनाएको छ।

पत्रकार सम्मेलनमा डा. केसीले समयसीमाभित्र माग सम्झौता कार्यान्वयन नभए फेरि अनशन बस्ने चेतावनी पनि दिए । विभिन्न ७ बुँदे माग राख्दै भदौ २७ गतेदेखि डा. केसीले धनगढीबाट २० औं सत्याग्रह सुरु गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: