८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

आज राति सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुने, उच्च सतर्कता अपनाउन आग्रह



काठमाडौं । आज राति सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुने भएको छ। जल तथा मौसम विज्ञान विभाग, महाकाली बेसिन कार्यालय प्रेस नाेट जारी गर्दै सुदूरपश्चिम प्रदेशका सबैजसो स्थानमा भारी वर्षा हुने भएकोले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।  

आज राति १२ बजेदेखि सुरु हुने वर्षाकाे प्रभाव सोमबारसम्म रहने र कैलाली, कञ्चनपुर क्षेत्रमा डुबानकाे सम्भावना रहेकाे जनाइएको छ। 


प्रतिक्रिया दिनुहोस !