१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

आचारसंहिताबारे आज आयोगले दलहरूसँग छलफल गर्दै



DCIM100MEDIADJI_0300.JPG

काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलका प्रमुख तथा पदाधिकारीसँग आज छलफल गर्दैछ । संघीय संसद् तथा प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख तथा पदाधिकारीसँग चुनाव लक्षित छलफल गर्न लागिएको आयोगले जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्माले निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यन्वयन सम्बन्धमा दलहरूसँग अन्तरक्रिया गरिने बताए । छलफलमा प्रधानमन्त्री, गृहमन्त्रीसहित १२ राजनीतिक दलका प्रमुख र पदाधिकारीलाई निमन्त्रणा गरिएको छ । 


प्रतिक्रिया दिनुहोस !