१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

एमालेको दाबी- ‘पार्टी क्रस, एक लाख प्लस’, कुन जिल्लाबाट कति ? (सुची )



काठमाडौं । पछिल्लो केही समययता नेकपा एमालेले पार्टी प्रवेश गराउने कार्यक्रमलाई तीव्रता दिएको छ । आगामी मंसिर ५ गतेको निर्वाचनलाई लक्षित गरेर यो अभियानलाई तीव्रता दिएको हो ।

जसमा एमालेले एउटा नीति नै लिएको छ–‘पार्टी क्रस, एक लाख प्लस’ । यही अभियान अन्तर्गत पार्टी अध्यक्ष ओली देश दौडाहामा छन् ।

यही क्रममा हालसम्म पार्टी नीतिअनुसार ‘एक लाख प्लस’ व्यक्तिहरू विभिन्न पार्टी परित्याग गरेर एमालेमा प्रवेश गरिसकेको पार्टी स्रोतले जनाएको छ ।

जसमा मधेस प्रदेशमा नै बढी बाढी आएको एमाले स्रोतको दाबी छ । विगतमा एमाले मधेसमै कमजोर देखिएको थियो । यही कारण एमालेले यो अभियान बढी मधेस केन्द्रीत नै बनाएको छ ।

हिजो लोसपाको संसदीय दलका सचेतक उमाशंकर अरगरियालाई पार्टी प्रवेश गराउन धनुषा पुगेका अध्यक्ष ओलीले त्यहाँ भाषणका क्रममा अरू पार्टीबाट एमाले प्रवेश गर्नेको संख्या १ लाख नाघेको दाबी गरेका थिए । उनको दाबीमा सत्यता रहेको पनि एमाले स्रोत बताउँछ ।

एमाले दाबीअनुसार जिल्लागत पार्टी प्रवेश संख्या

पाँचथर २१९

इलाम२८००

झापा १३

धनकुटा ३४२७

खोटाङ ७५३

ओखलढुंगा ३२३

उदयपुर १५७१३

मोरङ १०९५३

सुनसरी ३०२५

सिरहा १२२१६

सर्लाही ७८१५

रौतहट १०५७०

पर्सा ३०९०

दोलखा ४२

रामेछाप ७०५

सिन्धुली ५४७

काभ्रेपलाञ्चोक २२०७

सिन्धुपाञ्चोक ८३३३

रसुवा ५४८

धादिङ ५८८

चितवन ११०१

भक्तपुर १५०

ललितपुर ३०५०

काठमाडौं ३०८

कास्की ११३५

पर्वत १११२

स्याङ्जा १२०९

म्याग्दी ९५०

बागलुङ ५३१२

नवलपुर १५३७

तनहुँ ७०७

परासी २२०३

रुपन्देही १०३५१

कपिलवस्तु ५९०७

पाल्पा १६०७

अर्घाखाँची २७५०

गुल्मी १८७१

रोल्पा २०८

प्युठान ५३६३

दाङ ५५७१

बाँके ८०१७

जुम्ला ८८१

दैलेख २२१३

डोटी ५५

बैतडी २०१६

डडेलधुरा १३०

कञ्चनपुर ३१९५

कैलाली ३०८३


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय