१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

अन्ततः हिन्दी ‘प्रेमगीत ३’ लाई सेन्सर अनुमति, नेपाली फिल्मसरह रिलिज हुँदै



काठमाडौं । अन्ततः लामो रस्साकस्सी र आरोप-प्रत्यारोपछि ‘प्रेमगीत ३’को हिन्दी संस्करण नेपालमा भोलि (सोमबार)देखि प्रदर्शन हुने भएको छ । सञ्चार मन्त्रालयको निर्देशन र कर चुक्ता लगायतको प्रक्रिया फिल्मले पूरा गरेपछि चलचित्र विकास बोर्डले फिल्मलाई सेन्सर सिफारिस गरेको छ । निर्माताले सेन्सर सिफारिसको पत्र पनि बुझेका छन् ।निर्माता चक्रबहादुर चन्दका अनुसार फिल्मको सेन्सर आइतबार अपरान्ह हुने भएको छ । बोर्डले सेन्सर सिफारिस दिनुअघि निर्माता चन्द र सेन्सर बोर्डबीच मन्त्रालयमा छलफल समेत भएको थियो ।सेन्सरपछि आजै बेलुकादेखि हिन्दी प्रेमगीत ३ को बुकिङ पनि खुलाउने तयारी छ । निर्माता चन्दका अनुसार प्रेमगीत ३ को हिन्दी संस्करण नेपाली फिल्मसरह प्रदर्शन हुनेछ ।फिल्मले १५ प्रतिशत विकास शुल्क पनि तिर्नुपर्ने छैन । यसै साता नै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले हिन्दी संस्करणलाई पनि नेपाली फिल्मकै मान्यता दिइसकेको छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय