१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

धनकुटा माओवादीमा विद्रोह, हेमराज भण्डारी प्रतिनिधिसभातर्फ स्वतन्त्र उठ्ने



काठमाडै । नेकपा माओवादी धनकुटाअन्तर्गत पोलिट्व्यूरो, केन्द्रीय सदस्य, प्रदेशका पदाधिकारी र प्रदेश सदस्यसहित जिल्लाका पदाधिकारीहरुले सामूहिक राजिनमा दिएका छन्। जिल्लामा रहेका पोलिट्व्यूरो सदस्य हेमराज भण्डारी, केन्द्रीय सदस्य धनमाया विक र प्रदेश सहसचिव ऋषीराम ढुंगानासहितले आइतवार पार्टीबाट सामूहिक राजिनामा दिएका हुन्।

आइतवारको बैठकपछि १४ जना प्रदेश सदस्य र जिल्ला समन्वय समितिका सबै पदाधिकारी र सदस्यहरुले राजीनामा दिएको माओवादीका प्रदेशका सह-सचिव ऋषिराम ढुंगानाले जानकारी दिए। आसन्न मंसिर ४ गतेको संघ र प्रदेश सभाको आम निर्वाचनको सन्दर्भमा माओवादी केन्द्र धनकुटाको बैठकपछि उनीहरुले सामुहिक राजिनामा दिँदै विज्ञप्ति जारी गरेका छन्।

आसन्न प्रतिनिधिसभाको निर्वाचनमा धनकुटामा माओवादीका पोलिट्व्यूरो सदस्य हेमराज भण्डारीले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन्। आगामी निर्वाचनमा धनकुटाको विकास र समृद्धिको योजना र योगदान गर्न सक्ने आधारसहित प्रतिनिधिसभामा स्वतन्त्र उमेदवारका रुपमा धनकुटेली जनतामा जाने, हेमराज भण्डारी को प्रस्तावलाई पूर्ण समर्थन छु, विज्ञप्तिमा भनिएको छ।

भण्डारीको नेत्वमा चल्ने स्वतन्त्र अभियानलाई सहयोग गरि निर्वाचनमा सहभागी हुने निर्णय पनि नेता कार्यकर्ताहरुले गरेका छन्। धनकुटामा वाम-लोकतान्त्रिक गठबन्धनका कारण प्रतिनिधि सभा निर्वाचन क्षेत्र विभाजनपछि माओवादीमा विवाद उत्पन्न भएको हो। धनकुटाबाट हेमराज भण्डारी निर्वातन लड्ने तयारीमा थिए। गठबन्धनबाट धनकुटा माओवादीको भागमा नपरेपछि सामूहिक राजीनामा दिनुपरेको माओवादी नेताहरुले बताएका छन्।

धनकुटामा नेपाली कांग्रेस र जनता समाजवादीले समेत दाबी गरेका छन्। एउटा मात्रै संघीय संसद क्षेत्र रहेको धनकुटाबाट कांग्रेस नेता सुनिलबहादुर थापा र जसपाका रकम चेम्जोङ्गले गठबन्धनबाट प्रतिनिधि सभाका लागि उम्मेदवारीको दाबेदारी गरिरहेका छन्।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय