६ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 18 2024
Logo

राष्ट्रपतिबाट दुई विधेयक प्रमाणीकरण



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्का दुवै सदनबाट पारित भएका दुई विधेयक आज प्रमाणीकरण गरेकी छिन् । प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पारित भएका सहरी क्षेत्र एकीकृत सार्वजनिक यातायात व्यवस्थापन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र कारागारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेकी हुन् । 

राष्ट्रपतिले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जनाएका छन् । 


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय