४ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 16 2024
Logo

भुवन केसीको तिकडमले रोक्न सकेन प्रेमगीतको रप्तार : २ दिनमै १४ करोड कमाई



काठमाडौं । ‘प्रेमगीत ३’ले नेपालमा सुरुवाती दुई दिनमा ४ करोड २५ रुपैयाँ ग्रस कमाएको छ । नेपाली संस्करणले घरेलु बक्स अफिसमा शुक्रबार २ करोड ५ लाख ग्रस र शनिबार २ करोड २० लाख रुपैयाँ ग्रस कमाएको हो ।

भारतमा फिल्मको हिन्दी संस्करणले दुई दिनमा १ करोड ९५ लाख भारु कमाएको छ । शुक्रबार भारतमा १ करोड १२ लाख र शनिबार ८३ लाख भारु कमाइ भएको छ । ओभरसिजमा शुक्रबार १ करोड ६७ लाख भारु कमाएको फिल्मले शनिबार १ करोड २३ लाख रुपैयाँ कमायो । ओभरसिजमा दुई दिनमा फिल्मले २ करोड ९० लाख भारु कमायो ।

दुई दिनमा ‘प्रेमगीत’को हिन्दी र नेपाली संस्करणले विश्वव्यापी ८ करोड ७९ करोड भारु अर्थात् १४ करोड ६ लाख रुपैयाँ कमाएको छ । शुक्रबार ४.८४ करोड भारु र शनिबार ३.९५ करोड कमाइ गरेको हो ।

चलचित्र बोर्डका अध्यक्ष भुवन केसीले हिन्दी प्रेमगीतको हिन्दी भर्सनलाई प्रदर्सनलाई अवरोध गर्न अनेक तिकडम गरेपनि फिल्मले भने दुई दिनमै १४ करोड बढी कमाएको छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय