१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

विद्यार्थीहरुले नगरपालिकाको गाडी तोडफोड गरि कुचिएको डेक्ची जस्तै बनाए



रौतहट । शैक्षिक भ्रमणका लागि आर्थिक सहयोग नदिएको भन्दै रौतहटको एक विद्यालयका विद्यार्थीहरूले आइतबार बौधीमाई नगरपालिकाको कार्यलय र नगरप्रमुख चढ्ने सवारी तोडफोड गरेका छन्। तोडफोडमा नगरपालिकाको कार्यालय भवनमा क्षति पुगेको छ । विद्यार्थीहरूलाई नियन्त्रण गर्ने क्रममा धरपकड हुँदा केही सुरक्षाकर्मी र विद्यार्थी घाइते भएका छन्।

बौधीमाई नगरपालिकाको शंकर माध्यमिक विद्यालयका विद्यार्थीहरूले भ्रमणका लागि आर्थिक सहयोग माग गर्दा नगर प्रमुख प्रदीप यादवले बेवास्ता गरेको भन्दै विद्यार्थीको समूहले कार्यालय र गाडी तोडफोड गरेको हो ।

आक्रोशित विद्यार्थीहरूले नगरपालिकामा ना १ झ १६९३ नम्बरको सरकारी गाडीमा तोडफोड गरेका छन्। उक्त गाडी नगर प्रमुख प्रदीप यादव चढ्ने गर्थे । विद्यार्थीहरूले नगरपालिका परिसरमा राखिएका डोजर, मोटरसाइलका साथै अन्य सवारीसाधनमा पनि क्षति पुर्‍याएका छन् ।

नगरपालिका कार्यालयमा ढुङ्गा प्रहार गरेकाले झ्यालका सीसा फुटेको प्रहरीले जनाएको छ । प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले विद्यार्थी समूहले नगरपालिकामा तोडफोड गरेको र स्थिति समान्य भइसकेको बताए ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय