६ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 18 2024
Logo

बङ्गलादेशमा डुङ्गा डुब्दा मृत्यु हुनेको संख्या ३२ पुग्यो, ३० भन्दा बढी अझै बेपत्ता



काठमाडौं । बङ्गलादेशको उत्तरी क्षेत्रमा आइतबार डुङ्गा डुब्दा मृत्यु हुनेको संख्या ३२ पुगेको छ। डुङ्गा दुर्घटनामा ३० देखि ४० जना अझै बेपत्ता रहेको एक वरिष्ठ प्रहरी अधिकारीले बताएका छन्। प्रहरी निरिक्षक सिराजुल हुडाका अनुसार राजधानी ढाकाबाट ४६८ किलोमिटर टाढा बङ्गलादेशको उत्तरी पञ्चगढ जिल्लाको कराटोया नदीमा सोमबार थप सात जनाको शव फेला परेको छ। अधिकारीका अनुसार करिब १०० जना यात्रु बोकेको डुङ्गा आइतबार दिउँसो डुबेको थियो।

सोमबार दिउँसो सिन्ह्वासँग फोनमार्फत जानकारी दिँदै प्रहरी अधिकारीले भने, “सोमबार बिहान थप सात जनाको शव फेला परेको छ। यससँगै आइतबार २५ जनाको मृत्यु भएकोमा मृत्यु हुनेको संख्या ३२ पुगेको छ। अझै हराइरहेका ३० देखि ४० जनाको खोजी कार्य जारी छ । प्रहरीका अनुसार डुङ्गामा क्षमताचन्दा अत्यधिक भार भएका कारण डुबेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।


प्रतिक्रिया दिनुहोस !