१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

थापाथलीको सुपथ मूल्यको सरकारी पसलमा म्याद सकिन लागेको चामल



काठमाडौं । सरकारले चाडपर्व लक्षित गरेर जनतालाई सहुलियत दिन सुपथ मूल्य खुलेको पसलमा नै म्याद सकिन लागेको सामान बिक्रीमा राखेको पाइएको छ ।खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले थापाथलीमा संचालन गरेको सुपथ मूल्य पसलमा म्याद सकिन लागेको चामल विक्रीमा राखेको पाइएको हो ।काठमाडौं महानगरपालिकाकी उममेयर सुनिता डंगोलसहितको टोली अनुगमन गर्न थापाथलीको सुपथ मूल्यको पसलमा पुगेका थिए । अनुगमनको क्रममा म्याद सकिन लागेको चामल बिक्रीमा राखेको भेटिएको उपमेयर सुनिता डंगोलले बताइन् । उनले उक्त सामान नबेच्न निर्देशन दिएको बताइन् ।

अनुगमनको क्रममा अरुवा मकनावनपुर चामलको डेट एक्सपाएर हुन लागेको थियो । थापाथलीको सुपथ मूल्यको बजारमा अनुगनमा गर्दा चामलको बोराको उत्पादन मिति २०२० अक्टोबर १ प्रयोग गर्न मिल्ने बेस्ट विफोर टु एअर अर्थात उत्पादन मितिले २ वर्ष सम्म प्रयोग गर्न मिल्छ । यो चामलको म्याद अबको तीन दिन पछि म्याद सकिन्छ ।अरु केही चामलको बोरामा पनि उत्पादन मिति २०२० डिसम्वेर १ मा राखिएको छ । खाद्यका एक कर्मचारील झुकिएर परेको बताए । उनले भने,‘यो झुकिएर पर्यो होला ।’

चामलका मिति सकिन लागेको बेच्न राखेको पाएपछि किनमेल गर्न पुगेको सर्वसाधरणले सरकारले संचालन गरेको पसलमै यस्तो सामान बेच्न थालेपछि गुणस्तरको सामान किन्न कहाँ जानु भन्दै गुनासो गरे ।खाद्यले भने आफुहरुले गुणस्तरीय सामान बेच्ने गरेको दावी गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले असोज १ देखि सुपथ मूल्य पसल सञ्चालन गरिरहेको छ।काठमाडौँ उपत्यकामा चार ठाउँमासहित नेपालभरि ३९ जिल्लाको ४३ ठाउँमा सुपथ मूल्य पसल खोलिएको छ । काठमाडौँमा थापाथली, नख्खु, रामशाहपथ र सूर्यविनायक केन्द्रबाट खाद्यवस्तु बिक्री वितिरण हुने गरेको छ। यी पसल दशैँदेखि छठसम्म सञ्चालन हुने छन्।


प्रतिक्रिया दिनुहोस !