७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

बाढी प्रभावित पाकिस्तानलाई एक करोड डलर सहयोग दिने अमेरिकाको घोषणा



काठमाडै । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले खाद्य सुरक्षाको लागि पाकिस्तानलाई अतिरिक्त एक करोड अमेरिकी डलरबराबरको सहयोगको घोषणा गरेका छन्।वासिङटनमा पाकिस्तानी प्रधानमन्त्री बिलावल भुट्टोसँगको भेटवार्तापछि बोल्दै ब्लिन्केनले यो कठिन समय रहेको र अमेरिकाले सधैं कठिन समयमा पाकिस्तानको सहयोग गर्दै आएको बताएका हुन्। उनले बाढी प्रभावित नागरिकलाई तत्कालै सहयोग नगर्ने हो भने यसले दूरगामी असर भोग्नुपर्ने भएकाले पाकिस्तानलाई सहयोग घोषणा गरिएको बताए।

अहिलेसम्म अमेरिकाले बाढी पीडितको लागि पाँच करोड ५० लाख डलरको सहायता प्रदान गरिसकेको छ। यस्तोमा थप एक करोड डलर सहयोग घोषणा गरिएको हो।पाकिस्तान र अमेरिकाबीच द्विपक्षीय सम्बन्धको विषयमा कुरा गर्दै ब्लिन्केनले राजनीतिक तथा सार्वजनिक सम्बन्ध बलियो रहेको बताएका छन्। ब्लिन्केनले दुई मुलुकको सम्बन्ध पनि सुधार गर्नुपर्ने बताए।


प्रतिक्रिया दिनुहोस !