१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

बैतडीमा नरेन्द्र कुवरले टिकट पाउने भएपछि गठबन्धन नगर्ने काङ्ग्रेसको निर्णय



काठमाडौं । सत्तापक्षीय गठबन्धन एउटा मात्र प्रतिनिधि सभा क्षेत्र रहेको बैतडी नेकपा माओवादी केन्द्रलाई दिन सहमति नजिक पुगेपछि नेपाली कांग्रेसका स्थानीय नेता बिरोधमा उत्रिएका छन्।

कांग्रेसभित्र टिकटको हानथाप बढेपछि आआफ्नो पक्षमा माहोल बनाउन काठमाडौं गएका नेताहरु टिकट माओवादीलाई मिल्ने संकेत पाएपछि सशंकित छन्। बैतडी कांग्रेसले आफू बाहेक गठबन्धनका अन्य कुनै दलले टिकट पाएमा गठबन्धन नहुने जनाएको छ।

टिकटका लागि नेताहरुको घर–घरमा धाइरहेका जिल्लाका कार्यकर्ताहरुले काठमाडौंमै बैठक गरेर गठबन्धनको नाममा बैतडी जिल्ला अन्य पार्टीको भागमा पारे त्यसको विरुद्धमा एकल उम्मेदवारी दर्ता गराउने निर्णयसमेत गरेका छन्।

गठबन्धनबाट माओवादी नेता नरेन्द्र कुवरले टिकट पाउने सम्भावना बढी छ। उनी २०६४ सालमा भएको संविधान सभा निर्वाचनमा विजयी भएका थिए। प्रतिनिधि सभा तर्फ एक मात्रै क्षेत्र रहेको बैतडीमा नेकपा एमालेका तर्फबाट दामोदर भण्डारी उम्मेदवार हुने लगभग निश्चित छ। सुदूरपश्चिम अध्यक्षसमेत रहेका भण्डारी प्रचारप्रसारमा जुटिसकेका छन्।

०७४ मा  तत्कालिन बाम गठबन्धनका तर्फबाट एमालेका भण्डारी  विजयी भएका थिए। कांग्रेसबाट टिकटका लागि जिल्ला सभापति चतुरबहादुर चन्द प्रवल दाबेदार मानिएका छन्।


प्रतिक्रिया दिनुहोस !