१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

प्रचण्डलाई गुरु घिमिरेको चेतावनी : हाम्रो भाग खोस्ने हो भने तपाईँसँगै चुनाव लड्न आउँछु



काठमाडौं । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले कांग्रेसको भाग खोसेर माओवादीलाई सीट दिने हो भने देशव्यापी रूपमा स्वतन्त्र उम्मेदवारी हुन सक्ने चेतावनी दिएका छन् ।

केन्द्रीय कार्यालय सानेपामा पत्रकारहरूसँग कुरा गर्दै शेखर कोइराला समूहको नेता घिमिरेले यदि मोरङ क्षेत्र नम्बर ४ माओवादीलाई दिइए आफू चितवनमा प्रचण्डविरुद्ध उम्मेदवार बन्ने बताए ।

घिमिरेले भने– गठबन्धनको मुख्य घटक एउटा माओवादी हो । सीट बाँडफाँट गर्दा जुन आधार अपनाइएको छ यसबाट हामीमाथि अन्याय हुने देख्यौँ । मै लड्ने तयारी गरेको मोरङ ४ कांग्रेसको वर्चस्व रहेको क्षेत्र माओवादीलाई दिने सहमति भयो रे । यसरी कांग्रेसको भाग खोस्ने हो भने प्रचण्डसँगै लड्न किन नजाने रु उहाँले हाम्रो भाग खोस्नुहुन्छ भने उहाँसँगै लड्ने जाने हो ।


प्रतिक्रिया दिनुहोस !