१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

अञ्जन विष्टको उत्कृष्ट ह्याट्रिकमा नेपालको जीत



काठमाडौं । अन्जन विष्टले ह्याट्रिकको मदतमा नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बंगलादेशमाथि सहज जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा नेपालले बंगलादेशलाई ३–१ गोल अन्तरले हराएको हो । नेपालका लागि सबै गोल अन्जनले गरे । नेपालले १८औं मिनेटमा अञ्जनले गोलबाट अग्रता लिएको थियो । विमल घर्ती मगरले राइड साइडबाट प्रहार गरेको फ्रिकिकमा अञ्जनले हेडर गोल गरे। २७औं मिनेटमा अञ्जनले नै नेपालको अग्रता दोब्बर बनाए । विशाल राईले राइड साइडबाट गरेको क्रसमा विमलले पेनाल्टी क्षेत्रमा तेज तामाङलाई बल मिलाइदिए ।

सोही बलमा तेजको प्रहार बंगलादेशी गोलकिपर अनुसुर रहमानले पञ्च गरेका थिए । तर रिबाउन्ड आएको बलमा अञ्जनले १८ यार्ड बक्सभित्रबाट सहजै जालीको दिशा दिए ।खेलको ३८औं मिनेटमा अञ्जनले ह्याट्रिक गर्दै नेपाललाई ३–० को अवस्थामा पु¥याए । विशाल राईले प्रहार गरेको फ्रिकिकमा अञ्जनले पेनाल्टी क्षेत्रमा हेडर गोल गरे । अञ्जनको यो १०औं अन्तर्राष्ट्रिय गोल हो । साथै अन्जन नेपालका लागि ह्याट्रिक गर्ने छैटौँ खेलाडी बन । यसअघि गणेश थापा, नरेश जोशी, निराजन रायमाझी, भरत खवास र नवयुग श्रेष्ठले ह्याट्रिक गरेका थिए । पछिल्लो पटक नवयुग २०१६ मा बंगलादेशमा भएको बंगबन्धु गोल्डकपमा माल्दिभ्स विरुद्ध ह्याट्रिक गरेका थिए ।

खेलको ५७औं मिनेटमा बंगलादेशका मोहम्मद टुटुल हुसैन बादशाहले एक गोल फर्काए । रकिब हुसैनले लेफ्ट साइडबाट गरेको क्रसलाई सेसेहाङ आङदेम्बेले क्लियर गर्न नसक्दा बादशाहले उत्कृष्ट डाइभ हेडर गोल गरे । यसअघि खेलको १७औं मिनेटमा बंगलादेशी कप्तान जमल भुयानले करिब २२ यार्ड परबाट गरेको प्रहार लेफ्ट बारमा लागेर बाहिरिएको थियो । ५४औं मिनेटमा तेज तामाङ १८ यार्ड बक्सको राइड साइडबाट गरेको प्रहार सेकेन्ड बार नजिकैबाट बाहिरिएको थियो ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय