७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

खसीको बिक्री मूल्य ६८० र च्याङग्राको १२६० रुपैयाँ



काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैँका लागि खसीबोका र च्याङग्राको मूल्य तोकेको छ । बुधबारदेखि बिक्री गर्नेगरी खाद्यले बाहिरको भन्दा प्रतिकिलो ५० रुपैयाँसम्म सस्तो मूल्य निर्धारण गरेको हो ।

खसीको बिक्री मूल्य प्रतिकिलो ६ सय ८० रुपैयाँ तोकिएको कम्पनीका बिक्री वितरण विभाग प्रमुख भीम थापाले बताए । उक्त मूल्यमा १० रुपैयाँ छुट दिइनेछ । च्याङग्रो मूल्य १२ सय ६० रुपैयाँ तोकिएको छ । प्रतिकिलो १० रुपैयाँ छुटसहित उपभोक्ताले १२ सय ५० रुपैयाँमा च्याङ्ग्रा किन्न पाउनेछन् । यो मूल्य व्यापारीको भन्दा किलोकै ५० रुपैयाँ सस्तो हो ।

चौपाया खरिद बिक्री सेवा संघले मंगलबार लोकल खसीबोकाको मूल्य प्रतिकिलो ६ सय ८० देखि ७ सय १० रुपैयाँ तोकेको थियो । च्याङग्रा प्रतिकिलो १३ सय रुपैयाँ कायम गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !