६ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 18 2024
Logo

उद्योगको संख्या ६० हजार १८५, लगानी ६ खर्ब १९ अर्ब 



काठमाडौं । देशभर उद्योगहरुको संख्या ६० हजार १८५ पुगेको छ । तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको राष्ट्रिय औद्योगिक सर्भे रिर्पोटमा यस्तो विवरण सार्वजनिक भएको हो ।

विवरणअनुसार उद्योग क्षेत्रमा नेपालमा कुल लगानी ६ खर्ब १९ अर्ब ५१ करोड ६ लाख ३७ हजार पुगेको छ भने यस क्षेत्रमा सक्रिय जनशक्ति ४ लाख ९१ हजार २२७ जना छन् । जसमध्ये ३ लाख ८१ हजार ६८७ जना श्रमिक रहेको अध्ययन प्रतिवेदनले देखाएको छ ।

यी उद्योगहरुले वार्षिक पारिश्रमिकमा मात्रै १ खर्ब ७ अर्ब ८९ करोड २६ लाख ३४ हजार खर्च गर्ने गरेको अध्ययनमा देखिएको छ । उद्योगहरुको कुल उत्पादनको मूल्य १२ खर्ब १ अर्ब १७ करोड ७ लाख २९ हजार छ । जसमा कुल लगानी ८ खर्ब ४६ करोड ६५ लाख ८८ हजार ९६ हजार र यसमा मूल्य अभिवृद्धि ३ खर्ब ५४ अर्ब ५१ करोड १८ लाख ३३ हजार रहेको अध्ययनले देखाएको छ ।नेपालमा खानी क्षेत्रमा ३५६ र उत्पादन क्षेत्रमा ५६ हजार ६११, विद्युत, ग्याँस क्षेत्रमा ९९४ र पानी तथा यसको वितरणका क्षेत्रमा २ हजार २२४ वटा उद्योगहरु सञ्चालनमा रहेको पाइएको छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय