१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

घरमा काम गर्न बसेकी युवतीलाई बलात्कार गर्ने भक्तपुरका घरबेटी पक्राउ



भक्तपुर । भक्तपुरमा एक युवती बलाकृत भएकी छन् । घरमा काम गर्न बसेकी १९ वर्षीय युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा घरबेटीलाई समातिएको हो ।

बैतडी घर भई हाल मध्यपुर थिमी नगरपालिका-९ बोडे बस्ने ४९ वर्षीय टेकबहादुर चन्दले घरमा काम गर्न राखिएकी ती युवतीलाई करणी गरेको प्रहरी परिसर भक्तपुरका नायब उपरिक्षक राजु पाण्डेले जानकारी दिए । चन्दलाई प्रहरी वृत्त थिमीबाट खटिएको प्रहरी टोलीले समातेको हो ।


प्रतिक्रिया दिनुहोस !