१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

माओवादीको भागमा ४४ सिट, हेर्नुस्, कहाँ कहाँ पायो ?




काठमाडौं । माओवादी केन्द्रले गठबन्धनबाट ४४ सिट पाउने भएको छ । सहमति अनुसार माओवादी केन्द्रले प्रदेश १ मा ताप्लेजुङ, झाप–२, झापा–५, भोजपुर, मोरङ–४, मोरङ–५, सोलुखुम्बु, खोटाङ, उदयपुर-२ लिने भएको छ। यसमध्ये खोटाङमा भने एकीकृत समाजवादीले पनि दाबी गरेको स्रोतले दाबी गरेको छ। 

प्रदेश २ मा सिराह–३, धनुषा–१, महोत्तरी–१, सर्लाही–२, सर्लाही–३ लिने भएको छ। सर्लाही–२ मा जसपाले पनि दाबी गरेको छ। बागमती प्रदेशमा दोलखा वा रामेछाप–१ मध्ये एक लिने बताइएको छ। त्यस्तै, सिन्धुली–२, नुवाकोट–१, धादिङ–१, काठमाडौं–२, काठमाडौं–९, काभ्रे–१, सिन्धुपाल्चोक–१ र चितवन–३ माओवादीले लिने भएको छ।

त्यस्तै, गण्डकी प्रदेशमा गोरखा–२, लमजुङ, कास्की ३ वा १ र बाग्लुङ–२ लिने सहमति भएको छ। लुम्बिनी प्रदेशमा रुपन्देही–१, कपीलवस्तु–१, रुकुम पूर्व, रोल्पा, दाङ–२, बाँके–१, बर्दिया–२, नवलपरासी पश्चिम–१ माओवादीले लिने भएको छ। जसमा रुपन्देही १ र नवलरासी पश्चिम–१ मा नेपाली कांग्रसले पनि दाबी राखेको छ।

कर्णाली प्रदेशमा माओवादी केन्द्रले सल्यान, जुम्ला, कालिकोट, जाजरकोट, हुम्ला, रुकुम पश्चिम लिने भएको छ। सल्यानमा भने एकीकृत समाजवादीले पनि दाबी गरेको छ। त्यस्तै, सुदूरपश्चिममा अछाम–१, कैलाली–२, कैलाली–३, बैतडी, कंचनपुर–१ लिने भएको छ।


प्रतिक्रिया दिनुहोस !