६ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 18 2024
Logo

क्यान्सर पीडितलाई पैसा संकलन गरिरहेका स्ट्रिट सिंगरलाई महानगर प्रहरीले उठायो



काठमाडौं । स्ट्रिट सिंगर मञ्जदरस (एमजे) तामाङलाई बुधबार बसन्तपुरबाट काठमाडौं महानगर प्रहरीले पक्राउ गरेर लग्यो । उनी ललितपुरकी १३ वर्षिया सुभिता खड्काको उपचारको लागि सहयोग संकलन गर्न बसन्तपुरमा गीत गाइरहेका थिए । काठमाडौं महानगरपालिकाले महानगरमा माग्न नपाइने भन्दै तामाङलाई माइक, लाउडस्पिकरजस्ता सामग्री सहित उठाएर कार्यालय पुर्‍याएको थियो ।

उनले जाउलाखेलस्थित क्यान्सर अस्पतालमा उपचाररत खड्कालाई उपचार जारी राख्न सहयोग आवश्यक परेको भन्दै सामाजिक सञ्जालमा पोष्ट गरेर सहयोग उठाउँदै आएका थिए । सोही अनुरुप बसन्तपुरमा पनि उनले सहयोगको लागि गीत गाउँदा गाउँदै महानगर प्रहरीले उनलाई उठाउँदा १४ हजार रुपैयाँ जम्मा भइसकेको थियो ।


प्रतिक्रिया दिनुहोस !