८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

लाल मोहम्मदको हत्या गर्न पेस्तोल व्यवस्थापन गर्नेसहित ३ जना पक्राउ



काठमाडौं । लाल मोहम्मद अन्सारीको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले विभिन्न ठाउँबाट ३ जनालाई पक्राउ गरेको छ । प्रहरीले घटनामा सुटरहरूलाई पेस्तोल उपलब्ध गराउने वीरगन्जका मोहम्मद महारामसहित ३ जनालाई पक्राउ गरेको हो । 

पेस्तोल व्यवस्थापन गर्ने मोहम्मदलाई गत शुक्रबार वीरगन्जबाट पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ । त्यसैगरी मकवानपुरकी एक महिलालाई पनि प्रहरीले पक्राउ गरेको छ । उनले घटनाको केही दिनदेखि रेकी गरिरहेको खुल्न आएको प्रहरीले जनाएको छ । त्यसैगरी प्रहरीले मधेस प्रदेशबाट अर्का एक जना व्यक्तिलाई पनि पक्राउ गरेको छ । प्रहरीले पत्रकार सम्मेलन गरेर पक्राउ परेका व्यक्तिबारे जानकारी दिने बताएको छ ।

गत असोज ३ गते काठमाडौंको गोठाटारस्थित जम्बुडाँडामा गार्मेन्ट व्यवसायी लाल मोहम्मदको गोली हानी हत्या भएको थियो । मोटरसाइकलमा आएका २ जनाले गोली हानी फरार भएका थिए ।


प्रतिक्रिया दिनुहोस !