१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

प्रमुख प्रशासकीय अधिकृत पौडेललाई एमाले नेता राईको ज्यान मार्ने धम्की



काठमाडौं । धनुकटाका एमाले नेता एवम् निवर्तमान प्रतिनिधि सभा सदस्य राजेन्द्र राईले पाख्रीबास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाशराज पौडेललाई ज्यान लिने धम्की दिएका छन् । राईले बिहीबार अपराह्न टेलिफोन गरी पौडेललाई धम्क्याएका हुन् ।

पौडेलले आफू असुरक्षित भएको भन्दै प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् । पौडेलले भने, ‘हिंजो चारदेखि पाँच बजेको बीचमा मलाई धम्की आयो । आज प्रधानमन्त्री कार्यालय, गृहमन्त्रालय र जिल्ला प्रशासन कार्यालयमा ज्यूज्यानको सुरक्षा चाहियो भनेर पत्र पठाएको छु ।’


प्रतिक्रिया दिनुहोस !