१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

चितवनमा एमाले, राप्रपा र रवी मिलेर अप्ठ्यारो पार्ने खतरा, गोर्खा जाने प्रचण्डको तयारी !



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्वाचन क्षेत्रलाई लिएर बारम्बार चर्चा भइरहेको छ। प्रचण्ड चितवन, गोरखा, बागलुङसहित आधा दर्जन जिल्लाबाट प्रतिनिधिसभा उम्मेदवारमा सिफारिस भएका छन् । तीमध्ये माओवादीको पकड भएको गोरखाबाटै चुनाव लड्ने आकलन छ । 

चितवन ३ बाट प्रतिनिधित्व गर्ने प्रचण्डलाई पुनः निर्वाचित हुन कठिन हुने देखिएपछि अन्तिममा गोरखाबाट लड्न सक्ने बताइएको छ । प्रचण्डले गोरखाको आरु घाटमा तीन वर्षसम्म शिक्षण पेशा गरेको र माओवादीको राम्रो प्रभाव भएकोले उनी उतै जानसक्ने आकलन गरिएको छ । चितवनमा माओवादीभन्दा कांग्रेस र एमाले बलियो छ । कांग्रेसले प्रचण्डलाई  दरो साथ दिएपनि एमालेसहित राप्रपा मिलेर गाह्रो पार्न सक्ने विश्लेषण छ ।

पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने समेत सोही क्षेत्रबाट चुनाव लड्ने तयारी गरेपछि प्रचण्डविरुद्ध ठुलो माहोल बन्नसक्ने आकलन छ । चितवनको सबै परिस्थितिलाई विश्लेषण गर्दा प्रचण्ड सुरक्षित नहुने भएकाले गोरखा जान सक्ने टिकाटिप्पणी हुन थालेको छ । तर, प्रचण्डले बारम्बार आफू चितवनबाटै चुनाव लड्ने प्रष्टिकरण दिने गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय