१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

मेयरले कर्मचारी हटाए, उपमेयरले थपे



धनुषा । धनुषाको मिथिला नगरपालिकामा करारका कर्मचारी हटाइएको विषयमा सुरू भएको विवाद बढ्दै गएको छ । अघिल्लो नगर प्रमुखको कार्यकालमा नियुक्त भएका १४० मध्ये जनगुनासो बढेको भन्दै ९ जना करारका कर्मचारीको म्याद गत असारबाट नथप्ने नगर प्रमुख महेन्द्र महतोको एकल निर्णयको उपप्रमुखसहित नेकपा एमाले र नेकपा (एकीकृत समाजवादी) का कार्यपालिका सदस्यले विरोध गर्दै आएका छन्।

सो विवादका कारण नगरपालिका कार्यापालिकाको बैठकले सार्थकता नपाएको नगर प्रमुख महतोले बताए।नगरपालिकाको २१ सदस्यीय कार्यपालिकामा एमालेका १०, कांग्रेसका ५ र एकीकृत समाजवादीका ६ जना छन्। कार्यपालिका सदस्य जोगी महतोका अनुसार उपप्रमुख सुनिता सिंह बुढाथोकीले आफ्नो अध्यक्षतामा कार्यपालिकाको बैठक राखी हटाइएका कर्मचारीको फेरि म्याद थप गर्ने निर्णय गरिएपछि विवाद थप बढेको छ। विकासका लागि नभई बहुमतको आडमा उपमेयर पक्षले एकलौटी गर्न खोजेपछि विवाद बढेको उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय