१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

किमजोङ शैलीमा नौगाड गाउँपालिकाले कृषकलाई बाड्यो कृषि सामग्री



दार्चुला । हिमाली जिल्ला दार्चुलाको नौगाड गाउँपालिकाले किसानहरुलाई विभिन्न कृषि औजार वितरण गरेको छ । कृषक समूहलाई ८० प्रतिशत अनुदानमा मकै छोडाउने कर्नर मेसिन वितरण गरेको हो । स्रोत र साधनको सीमितताका बाबजुद पनि पालिकाले कृषकलाई कृषि सामग्री वितरण गरेको हो । केही दिन अघि उत्तर कोरियाका शासक किम जोङ उनले आफ्ना किसानहरुलाई हजारौं कृषि सामग्री वितरण गरे झै दलजीत धामीले पनि सामग्री वितरण गरेको भन्दै पालिकामा प्रासंशा भैरहेको छ । दल्जीत धामी नेतृत्वमा आएपछि नौगाड गाउँपलिकाले एकपछि अर्को गरि उदाहरणीय काम गर्दै आएको छ । बाढी पहिरो पीडितहरुको तत्कालै उद्दार तथा राहत वितरण गरेर चर्चा पाएको यो पालिकाले जनपक्षीय काम गर्दै आएकाले जिल्ला भरि चर्चामा छ ।

नौगाड गाउँपालिकामा माओवादीको विजयपछि एक पछि अर्को गरि विकासका कामहरू अगाडि बढेको स्थानीयहरुको भनाइ छ । बाढी पहिरोले ध्वस्त पारेको होपरिगाड सिप्टी सडक मर्मत गरि यातायात संचालनमा ल्याइसकेको छ । त्यस्तै अहिले होपरिगाड दल्लेख सडक खोल्न पालिकाले डोजर चलाइरहेको छ । दलजीत धामी पालिकाको नेतृत्वमा आएपछि नौगाड गाउँपालिकामा शिक्षा र स्वास्थ्यमा क्रान्ति आएको भन्दै पालिकाभरी प्रसंशा भैरहेको छ।


प्रतिक्रिया दिनुहोस !