१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

पूर्वराजावादीहरु सल्बलाउन थाले : भट्टराई



काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पश्चगामी शक्तिहरू सलबलाउन थालेको बताएका छन्। नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. भट्टराईले राजा/राजतन्त्र फर्काउन चाहने शक्ति सक्रिय हुन थालेको संकेत गरेका हुन्। 

जनता र युवा पुस्तामा बढ्दो असन्तुष्टिको धमिलो पानीमा माछा मार्न उनीहरू सलबलाउन थालेको उनको भनाइ छ। तर दल र नेता खराब भए भन्दैमा इतिहासले मिल्काइसकेको संस्था/व्यक्ति फर्काउने गल्ती गर्न नहुने सुझाव डा. भट्टराईले दिएका छन्। 


प्रतिक्रिया दिनुहोस !