८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

भारतले हडपेको भूमिमुनि छाङरुमा चुच्चे नक्सा अंकित स्तम्भ तयार, राष्ट्रपतिले उद्घाटन गर्ने



दार्चुला । दार्चुलाको व्याँस गाउँपालिका–१ छाङरुमा चुच्चे नक्सा अंकित राष्ट्रिय स्तम्भ तयार भएको छ। व्याँस गाउँपालिकाले करिब १५ लाख बढी लगानीमा छाङरुमा चुच्चे नक्सा अंकित राष्ट्रिय स्तम्भ बनाएको हो। साउनमा निर्माण सुरु भएको १५ फिट अग्लो राष्ट्रिय स्तम्भ तयार भएको व्याँस गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामीले बताए।

‘स्तम्भ बनाइएको छ, स्तम्भको माथि चुच्चे नक्सा राखिएको छ, माथि नेपालको झण्डा राखिन्छ,’ उनले भने, ‘रङ्गरोगनबाहेक सम्पूर्ण काम सकिएको छ। भारतद्वारा अतिक्रमित नेपाली भूमि कालापानीमुनिको छाङरु बस्तीमा निर्माण भएको राष्ट्रिय स्तम्भ उद्घाटनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी आउने कार्यक्रम तय भएको छ।

भारतद्वारा अतिक्रमित नेपाली भूमि कालापानीमुनिको छाङरु बस्तीमा निर्माण भएको राष्ट्रिय स्तम्भ उद्घाटनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी आउने कार्यक्रम तय भएको छ।

राष्ट्रिय स्तम्भ उद्घाटन गर्न राष्ट्रपति भण्डारी असोज २७ गते छाङरु आउने कार्यक्रम तय भएको पालिका अध्यक्ष धामीले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !