१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

समानुपातिक सूची सच्याउन देउवालाई ५ बजेसम्मको अल्टिमेटम, नभए देशव्यापी विद्रोहको चेतावनी



काठमाडौं । संघर्षको नेतृत्व गरिरहेका नेता गुरुराज घिमिरेले आज साँझ ५ बजेसम्म पार्टी नेतृत्वलाई समानुपाकि सूची सच्याउने समय दिइएको बताएका छन् । समन्वय नभएमा देशब्यापी विद्रोह गर्ने चेतावनी सो समूहले दिइसकेको छ ।

घिमिरेले ट्वीट गर्दै भनेका छन्–नेपाली कांग्रेसका लागि सुचि सच्याउने समय आज ५ बजेसम्म भएकाले पार्टीद्वारा प्रस्तावित अन्तिम सुचिको प्रतिक्षामा रहेको जानकारी गराउँदछु। जय नेपाल !!’

निर्वाचन आयोगमा आइतवारसम्म समानुपातिकतर्फको बन्द सूची अन्तिम हुनेछ । सभापति शेरवहादुुर देउवलो समानुपातिकको बन्दसूची सच्याउने भने पनि अहिलेसम्म टुंगो लागेको छैन । शेखर गगन समूहले ४० प्रतिशत मागेको छ भने देउवा ३० प्रतिशत दिन तयार भएका छन् ।


प्रतिक्रिया दिनुहोस !