१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

काठमाडौं महानगरले डेढ महिनामा भत्कायो १३५ संरचना



काठमाडौं । काठमाडौं महानगरपालिकाले डेढ महिनामा १३५ संरचना भत्काएको छ। भदौ ६ गतेदेखि अवैध रूपमा बनाइएका १३५ संरचना भत्काएको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए। ‘धेरै थोरैको कुरा छैन यस अवधिमा कुनै न कुनैरूपमा सार्वजनिक जग्गा प्रयोग गर्नेको संख्या बढी पाइएको छ,’ उनले भने।

सार्वजनिक जग्गा मिच्ने क्रममा फुटपाथ प्रयोग, पर्खाल निर्माण, सार्वजनिक जग्गामा टहरा निर्माणजस्ता कार्य गरिएको फेला परेको उनको भनाइ छ। गत साउन १ गते जारी गरिएको ३५ दिने सूचनाको बेवास्ता गरेपछि महानगरले डोजर प्रयोग गरी भत्काउने काम सुरू गरेको  उनले बताए।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय