७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

बुहारीको कुटपिटबाट वृद्धको मृत्यु



सुनसरी । जिल्लाको भोक्राहानरसिंह गाउँपालिका-६ पिपलचोक बस्ने ७० वर्षीय खटर मण्डलको हत्या गरेको अभियोगमा उनकै बुहारी ३५ वर्षीया गुड्डी मण्डल पकराउ परेकी छन् ।

गुड्डीले कुटपिट गर्दा खटरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाको खबर पाउनासाथ प्रहरी चौकी चिरौलीचोक र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो ।घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !