१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

खोटाङमा गुडिरहेको बसमा आगलागी, यात्रु अलपत्र



काठमाडौ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ स्थित बाहुनीडाँडामा गुडिरहेको बसमा आगलागी भएको छ। काठमाडौंबाट खोटाङतर्फ गइरहेको यात्रुवाहक बसमा एक्कासी आगलागी भएको हो। बसमा आगलागी हुँदा कुनै मानवीय क्षती भने भएको छैन्। घटनास्थलमा भएका यात्रुहरुका अनुसार बससहित बसमा भएका सामानहरु जलेर नष्ट भएको छ। 

बसमा अनुमानित ५० जना यात्रु सवार थिए।नेपालीहरुको चाड बडादसैँमा घर फर्कने यात्रुहरु बसमा आगलागी भएपछि अलपत्र परेका छन्। उनीहरुलाई अर्को गाडी ब्यवस्था गरेर गन्तव्यतर्फ पुर्याउनगरी प्रहरीसँग समन्वय भइरहेको घटनास्थलमा रहेका एक स्थानीयले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !