८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

गठबन्धनको विकल्पका लागि जसपाले खोल्यो ढोका



काठमाडौं । जनता समाजवादी पार्टीको कार्यकारिणी समिति बैठकले गठबन्धनमा भइरहेको छलफल पार्टीका लागि सन्तोषजनक नभएको निष्कर्ष निकालेको छ। शनिबार बसेको बैठकले अरु राजनीतिक दलहरुसँग पनि चुनाव तालमेल खुला गर्ने निर्णय गरेको छ।

बैठकले पाँच दलीय गठबन्धनबाट बाहिरिने संकेत देखाएको छ। प्रतिनिधिसभाको १६५ मध्ये अधिकतम १७/१८ सिट जसपाले पाउने देखिएको छ भने प्रदेशमा मधेश प्रदेशमा कुल ६४ निर्वाचन क्षेत्रको झण्डै आधा र अरुमा एकाध सिट मात्र पाउने सम्भावना छ।

‘छलफलमा सन्तोषजनक अवस्था नदेखिएको हुँदा गठबन्धनको विकल्पमा अन्य राजनीतिक दलसँग पनि चुनावी तालमेलका लागि छलफल गर्ने निर्णय बैठकले गरेको छ’ जारी प्रेस नोटमा भनिएको छ ।


प्रतिक्रिया दिनुहोस !