१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

बागमती प्रदेशका स्वास्थ्य कर्मचारीले दशैंमा पनि पाएनन् तलब



काठमाडौं । कोभिडको समयमा बागमती प्रदेश अन्तर्गतका स्वास्थ्य कार्यालयमा भर्ना भएका करारका स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले दशैंको बेला तलब भत्ता नपाएको गुनासो गरेका छन् । सुरुमा मन्त्रालयले करारका स्वास्थ्यकर्मीहरुको म्याद नथप्ने परिपत्र गरे पनि पछि अर्को परिपत्र गर्दै उक्त निर्णय स्थगित गरिएको जनाएको थियो । तर दशैंको बेलामा समेत तलब नपाएको स्वास्थ्यकर्मीहरुको गुनासो छ ।

नुवाकोटको त्रिशूली अस्पतालमा कोभिडकालमा भर्ना भएका एक जना कर्मचारीले तीन महिनादेखि तलब नपाएको बताए । ‘त्रिशूली अस्पतालमा मात्रै मजस्ता करिब ५० जनाले दशैंको बेलामा समेत तलब पाएनन्,’ उनले भने ।


प्रतिक्रिया दिनुहोस !