१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

इन्डोनेसिया फुटबल रङ्गशालामा भागदौड मच्चिँदा मृत्यु हुनेको संख्या १७४ पुग्यो, १८० घाइते



काठमाडौं । हुलदङ्गा मच्चाइरहेका फुटबल समर्थकहरूमाथि प्रहरीले अश्रुग्याँस प्रहार गरेपछि इन्डोनेसियाको एउटा फुटबल खेल मैदानमा भएको भागदौडमा कम्तीमा १७४ जनाको ज्यानको गएको छ। अरेमा एफसी आफ्नो प्रतिद्वन्द्वी पर्सिबाया सुरेबायासँग पूर्वी जाभामा पराजित भएको एउटा खेलपछि भएको भागदौडमा करिब १८० जना घाइते भएका छन्।

खेल सकिएको सिट्ठी बजेपछि फुटबल समर्थकहरू मैदानमा प्रवेश गरिरहेका भिडिओ फुटेज इन्टरनेटमा सार्वजनिक भएका छन्। प्रहरीले त्यसपछि अश्रुग्याँस प्रहार गरेको थियो।

सामाजिक सञ्जालका भिडियोमा मृतकको शव भुइँमा रहेको देखिन्छ। इन्डोनेसियाका प्रमुख सुरक्षा मन्त्रीले ४० हजार मानिस अटाउने उक्त रङ्गशालामा क्षमताभन्दा बढी मानिसहरू रहेको बताएका छन्।


प्रतिक्रिया दिनुहोस !