११ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 23 2024
Logo

पूर्वराजा शाहले सर्वसाधारणलाई टीका नलगाउने, राष्ट्रपतिले लगाउने



काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले विजया दशमीको दिन सर्वसाधारणलाई टीका नलगाइदिने हुनुभएको छ । सर्वसाधारण नेपाली कोरोना संक्रमण र डेंगुका कारण आक्रान्त भएको उल्लेख गर्दै उहाँले यो वर्ष टीक नलगाइदिने हुनुभएको बताइन्छ । महाराजगञ्जस्थित तीन वर्ष अघिसम्म विजया दशमीको दिन सर्वसाधारणलाई टीका लगाइदिने गरिएको थियो । तर, यो वर्षसमेत पछिल्लो तीन वर्ष कोरोनाका कारण टीका लगाइदिने कार्यक्रम स्थगित भएको हो ।

यो वर्ष कोरोना संक्रमणसँगै डेंगु पनि तीव्र रुपमा फैलिएकाले पूर्व राजाले सर्वसाधारणलाई टीका नलगाउने निर्णय गर्नुभएको जानकारी दिइएको छ । यता, राष्ट्रपति विद्यादेवी भण्डारीले भने इच्छुक सर्वसाधारणलाई सोही दिन दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म टीका लगाइदिने कार्यक्रम रहेको राष्ट्रपति कार्यालय, शीतल निवासले यसअघि नै जानकारी गराइसकेको छ ।


प्रतिक्रिया दिनुहोस !