८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

मनास्लुमा हिमपहिरो : एकजना बेपत्ता, २ हेलिकोप्टरले खोजी गर्दै



काठमाडौं । मनास्लु हिमालमा पहिरो जाँदा बेपत्ता भएका एकजना अझै भेटिएका छैनन् । जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालका अनुसार हिजो दिउँसो करिब २ बजे खसेको हिमपहिरोमा परी एकजना बेपत्ता भएका हुन् । गोरखाकै चुमनुव्री गाउँपालिका–१ स्थित क्षेत्रमा हिमपहिरो खसेको उनले जानकारी दिए ।

अहिले दुई हेलिकोप्टरको सहायतमा बेपत्ताको खोजीकार्य जारी रहेको उनले बताए । उनका अनुसार सिम्रिक र एभरेस्टको हेलिकोप्टरबाट उद्धारकर्ता बेपत्ताको खोजीमा जुटेका छन् ।


प्रतिक्रिया दिनुहोस !