६ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 18 2024
Logo

मधेश लोक सेवा आयोगकाे परीक्षा : उम्मेदवारभन्दा बढी कसरी भए पास ?



जनकपुरधाम । प्रदेश लोकसेवा आयोग मधेसले प्रशासन सेवा, अधिकृत सातौं तहको रिजल्ट प्रकाशनमा त्रुटी रहेको भन्दै सामाजिक सञ्चाललमा आलोचना हुन थालेपछि आयोगले विज्ञप्ति जारी गरेको छ । आयोगका उपसचिव एवम् प्रवक्ता गंगेश गुञ्जन झाले विज्ञप्ति जारी गरेर नतिजा प्रकाशन सम्बन्धी भ्रामक समाचार विभिन्न मिडिया तथा सामाजिक सञ्जालमा सम्प्रेषन भई गलत कमेन्ट र सेयर भएकोमा आयोगको ध्यानाकर्षण भएको जनाएका छन् ।

उनका अनुसार विज्ञापनको विज्ञापन अवधीमा कुल २६१८ जनाले आवेदन दिएका थिए । जसमध्ये लिखित परीक्षा संचालन हुनु अगाडी ३८ जनाको दरखास्त फाराम विज्ञापनको सूचना अनुसार नभई अस्विकृत भयो र २५८० जना स्विकृत परीक्षार्थीहरुको लागि प्रश्नपत्र, हाजिरी र सिट प्लान लगायत तयारी गरी लिखित परीक्षा संचालन भयो ।

परीक्षा पश्चात गरिएको नतिजा प्रकाशनमा कुनैपनि अनियमितता नभएको आयोगका प्रवक्ता झाले विज्ञप्तीमा दावी गरेका छन् । उनले उपरोक्त सम्बन्धी कुनैपनि जानकारी चाहिएमा कानून बमोजिम आयोगमा सम्पर्क राख्न र भ्रामक प्रचार प्रसारको भागी नबन्न अनुरोध गरेका छन् । साथै आयोगको सम्मानमा आघात पुयाएको पाईएमा कानून बमोजिम कारबाहीको प्रक्रिया थाल्ने चेतावनी समेत विज्ञप्तमा दिइएको छ ।

तर आयोगले उम्मेदवार अर्थात् परीक्षार्थी संख्या २५६७ मात्र रहेको भनेर निकालेको सूचना र नतिजा प्रकाशन गर्दा २५६७ रोल नम्वरसम्म समावेश भएको सूचना सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

जनमत पार्टीका विद्यार्थी नेता पोसन यादवले आयोगले गल्ती गरेको वा त्रुटी भएको हुनसक्ने विषयमा छानविन हुनुपर्ने बताउँछन् । उनले भने, ‘आयोगकै सूचना हेर्दा १२ जना विद्यार्थी पछि थप गरिएको देखिन्छ । र उनीहरु सबै उत्तिर्ण भएका छन् । त्यसैले यो शंकास्पद छ ।’


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय