१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

विवाहबिना बाबु बनेका राजेश पायल राईको विवाह के वैधानिक हो ?



काठमाडौं । गायक राजेशपायल राई ‘विवाहबिना बाबु बनेको’ खबर सार्वजनिक भएसँगै धेरै किसिमका क्रिया–प्रतिक्रिया व्यक्त भइरहेका छन् । हिजोका दिनसम्म आफूलाई अविवाहित व्यक्तिका रूपमा प्रस्तुत गरिरहेका उनलाई पुत्रलाभ भएको खबरले सबैलाई आश्चर्यमा पारिदिएको छ ।

आफूभन्दा निकै कम उमेरकी युवतीसँग राजेशपायल ‘लिभ इन’ मा रहेको गाईंगुईं करिब एक वर्षदेखि चलिरहेको थियो । तर उनले कतै पनि यो विषयमा मुख खोलेनन् । बरु सबै अन्तरवार्ताहरुमा उनले आफू ‘सिंगल’ नै रहेको र विवाहका लागि उचित क्यान्डिडेट खोजिरहेको बताउने गर्थे ।

यता राजेशपायलकी प्रेमिका साङबुङ भने आफूहरुबीचको सम्वन्ध बाहिर ल्याउन व्यग्र थिइन् । उनी बेलाबखत राजेशपायलसँगका तस्वीरहरु टिकटकमा सेयर पनि गर्ने गर्थिन् । तर, उनले पनि आफूहरु प्रेमी–प्रेमिका भएको जनाउ दिन सकिनन् । अत्यन्त निकटस्थहरुलाई बाहेक उनीहरुको सम्वन्धका विषयमा सबै अनभिज्ञ नै थिए ।

धेरैको जिज्ञासा छ कि, राजेशपायलले आफूहरुबीचको सम्वन्धलाई किन यति धेरै गोप्य राख्न चाहे, जबकि दुवै अविवाहित नै हुन् । अनि सन्तान प्राप्ति भइसक्दा पनि उनीहले औपचारिक विवाह किन गरेनन् ? निकटस्थहरुका अनुसार दुवैको एउटै कारण साङबुङको उमेर हो । नेपालको कानूनअनुसार केटा र केटीबीच शारीरिक सम्बन्धका लागि दुवैको उमेर १८ वर्ष पुगेको हुनुपर्छ । यसैगरि, विवाहका लागि भने २० वर्ष पुरा भएको हुनुपर्छ ।

राजेशपायलसँग अफेयर सुरु हुँदाका बखत साङबुङ उमेरले ‘नाबालिग’ नै भएको बताइन्छ । उनको अहिलेको उमेर २० वर्ष भएको बताइएको छ । यदि २० वर्ष पूरा भइसकेको हो भने विवाह गर्न वाधा छैन । तर, २० वर्ष लागेको मात्रै हो भने कानूनतः विवाह गर्न मिल्दैन । यदि गरेको खण्डमा बालविवाह मानिन्छ र कानूनतः दण्डनीय हुन्छ ।

राजेशपायल र साङबुङले औपचारिक विवाह गरिनसकेको भए पनि उनीहरुबाट बच्चा जन्मिएपश्चात स्वतः विवाह भएको मानिन्छ । मुलुकी देवानी संहिता २०७४ को दफा ७४ मा ‘शारीरिक सम्पर्कबाट शिशु जन्मेको अवस्थामा विवाह भएको मानिने’ स्पष्ट उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय