१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

खोलामा डुबेर मंगलबार दुई बालकको मृत्यु



दाङ । लमहीस्थित अर्जुनखोलामा डुबेर मंगलबार दुई बालकको मृत्यु भएको छ । लमही नगरपालिका ६ स्थित अर्जुनखोलामा पौडी खेल्ने क्रममा डुबेर लमही ४ अर्नहवाका १३ वर्षीय ललित परियार र १० वर्षीय अजित विकको मृत्यु भएको हो ।

दिउँसो पाँच जना साथीहरू नुहाउन गएकामा दुई जनाको मृत्यु भएको प्रहरी नायव निरीक्षक प्रकाश जैसी ढकालले जानकारी दिए । उनका अनुसार बालकहरू डुबेको खबर पाएलगत्तै सशस्त्र प्रहरी बल नेपाल४१ नम्बर रिजर्भ गण अर्जुनखोलाकाको टोली खोज तथा उद्धारमा खटिएका थिए ।


प्रतिक्रिया दिनुहोस !