८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

राष्ट्रपति भण्डारीको गाडीमा मोटरसाइकल ठोक्काउन खोज्ने युवक पक्राउ



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी सवार गाडीमा मोटरसाइकल ठोक्काउन खोजेको भन्दै प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । आज साँझ महाराजगञ्ज पानीपोखरीमा राष्ट्रपति सवार सवारी साधनमा बा.६० प ५८१३ नम्बरको मोटरसाइकल ठोक्काउन खोजिएको बताइएको छ ।

प्रहरीले मोटरसाइकल रोक्न खोज्द अटेरी गरेपछि नियन्त्रणमा लिइएको दाबी गरेको छ । प्रहरी वृत्त महाराजगञ्जका अनुसार चालकले मादक पदार्थ सेवन गरेको पुष्टि भएपछि नियन्त्रणमा लिएको जानकारी दिएको छ ।

‘मोटरसाइकल रोक्न खोज्दा नमानेपछि मापसे सेवन गरेको पत्ता लाग्यो,’ प्रहरीको दाबी छ । अहिले मोटरसाइकल चालकलाई महाराजगञ्ज वृत्त चक्रपथमा राखेर आवश्यक अनुसन्धान गरिएको बताइएको छ ।

राष्ट्रपति भण्डारी तलेजु भवानीको दर्शन गरेर फर्कंदै गर्दा केही बेरअघि पौने ९ बजेको समयमा उक्त घटना भएको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !