११ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 23 2024
Logo

हनुमानढोका दरबारमा ५४ बोका र ५४ राँगाको बलिसहित पूजा



काठमाडौं । हनुमानढोका दरबारस्थित मूल चोकमा आज बिहान ५४ बोका र ५४ राँगाको बलिसहित पूजाआराधना गरिएको छ । यो चोकमा फूलपातीदेखि नै तलेजु भवानीको मूर्ति ल्याई राखिएको छ ।

मूर्ति राखिएको स्थलमा सोमबार राति पनि ५४ बोका र ५४ राँगाको बलि दिएर राज्यका तर्फबाट कालरात्रि पूजा गरिएको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले राससलाई जानकारी दिए।

तलेजु भवानीको मूर्तिलाई मूलचोकमा राखिए पनि मन्दिरमा भने अहिले पनि भक्तजनले दर्शन गरिरहेका छन् । यो मन्दिर प्रत्येक वर्ष बडादसैँको महानवमीका दिनमात्र सर्वसाधारणका लागि खुला गरिन्छ । यहाँ भक्तजनले कलशको दर्शन गरेर फर्कने पनि उनले बताए।


प्रतिक्रिया दिनुहोस !