१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

उत्तर काेरियाले जापानमा मिसाइल हानेपछि अमेरिका र दक्षिण कोरियाले पनि मिसाइल हाने



काठमाडौं । उत्तर काेरियाले जापानी समुद्रमा खतरनाक मिसाइल प्रहार गरेको विराेधमा दक्षिण कोरिया र अमेरिकी सेनाले समुद्रमा क्षेप्यास्त्र प्रहार गरेको छ । उत्तर कोरियाले जापानको आकाशमाथि क्षेप्यास्त्र प्रक्षेपण गरेको जवाफमा दक्षिण कोरिया र अमेरिकी सेनाले क्षेप्यास्त्र प्रहार गरेको सोलले बताएको छ । 

क्षेप्यास्त्रहरू सी अफ जापानको रूपमा चिनिने कोरियाली प्रायद्वीप र जापानबीचको पूर्वी सागरमा प्रहार गरिएको थियो । प्योङयाङले सन् २०१७ यता पहिलोपटक जापानको आकाश हुँदै प्रशान्त महासागरमा मंगलबार ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो । 

जवाफमा अमेरिका, जापान र दक्षिण कोरियाले शक्ति प्रदर्शन गर्दै सैन्य अभ्यास गर्दै आएका छन् । बुधबार दक्षिण कोरिया र अमेरिकाले अमेरिकी सेनाले बनाएको रणनीतिक क्षेप्यास्त्र प्रणालीको एक जोडी क्षेप्यास्त्र प्रहार गरेको एक विज्ञप्तिमा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय