८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

बिहान झापामा पिताबाट टीका ग्रहण गरेर बेलुका राष्ट्रपति निवास पुगे ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग टीका तथा जमरा लगाएका छन् । श्रीमती राधिका शाक्यसहित सितलनिवास पुगेका ओलीले राष्ट्रपति भण्डारीसँग टीका लगाएका हुन् । 

गृह जिल्ला झापामा बिहान ११ बजेर ५१ मिनेटको शुभ साइतमा पिता मोहनप्रसाद ओलीको हातबाट टीका ग्रहण गरेका ओली राष्ट्रपतिको हातबाट टीका लगाउन शीतल निवास पुगेका हुन् । यसैबीच, राष्ट्रपति भण्डारीले सर्वसाधारण र उच्च पदस्थ अधिकारीलाई टीका लगाइदिएकी छन् । बुधबार सितलनिवासमा राष्ट्रपति भण्डारीले आम सर्वसाधारण तथा उच्च पदस्थ अधिकारीलाई दसैँको उपलक्ष्यमा टीका लगाइदिएकी हुन् । 


प्रतिक्रिया दिनुहोस !