६ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 18 2024
Logo

देशका विभिन्न स्थानमा भारी वर्षा हुने



काठमाडौं । देशका विभिन्न स्थानमा वर्षा जारी छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार  अहिले (बुधबार साँझ) देशभर मौसम सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। 

आज राति प्रदेश १ र मधेश प्रदेशमा सामान्य बदली तथा अन्य प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय